६ प्रश्नमा बरिष्ठ समाजसेवी जयकेश सिंह

माधव कार्की

१. तपाईको जीवन को आदर्श के हो ?
– मेरो जीवनको आदर्श भनेको कसैलाई दुःख नदिएर आफ्नो मेहनतको कमाई एक्लै नखाई समाजमा आबश्यक्ता अनुसार बाँडेर खर्च गनुनै मेरो जीवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– आमा बुवा आमाको प्रेरणाले म यहाँ आईपुगेको हुँ ।

३.तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफुसंग भएको सम्पती नेपाल सरकार र मानब सेवा आश्रमलाई प्रदान गरेको छु । आँखा अस्पतालमा, रेडक्रसमा र मानवसेवा आश्रममा काम गरेर समाज सेवा गरिरहेको छु । समाजमा दुःख परेका सबै ब्यक्तिहरुलाई सहयोग गर्दैआएको छु ।

४. तपाईको जीवनको अबिस्मरणिय क्षण के हो ?
– स्कुलमा पढ्दै गर्दा बिधालयबाट भबिबल प्रतियोगितामा भाग लिन भारत जान पर्ने भयो तर घर परिवारमा आर्थिक अबस्था कमजोर भएकाले ३५ रुपैया मात्र थियो तर खर्च १०० चाहिन्थ्यो । जान नपाईने भयो भनेर आमा बुवा निकै दुःखित हुनुभयो तर अन्तिममा बिद्यालयबाटै निशुल्क लाने भए पछि निकै खुशी भए त्यो नै मेरो अबिश्मरणिय क्षण हो ।

५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– देशमा सुशासन कायम गर्नुनै हो असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– ६३ बर्षको भईसके अझै पनि बाँचेको जीवनमा तन, मन र धनबाट गरिब लाई सहयोग गर्ने योजना छ साथै मरणोपरान्त अंग दान गर्ने प्रतिबद्धता छ जस्ले गर्दा कसैको जीवन रक्षा हुन्छ ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech