बहुप्रतिभाशाली चम्फा

असल शासन प्रतिनिधि

धेरै बर्ष पछी बहिनी चम्फा कडायतसङ्ग बास नेपालमा भेट भयो । अछाम पन्चदेवल बिनायक निवासी चम्फा बहुप्रतिभाशाली व्यक्ती हुन् । गायन, अभिनय र नृत्यमा अब्बल उनी बास नेपालद्वारा २०६० सालमा आयोजित कविता प्रतियोगितामा प्रथम भएपछी उनी बासमा आवद्द भएकी थिईन् । करिव ६ बर्ष बासमा सक्रिय भई योगदान दिएकी उनी बास नेपालको पहिलो कर्मचारी हुन् । बास नेपालको केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिबको सम्मको जिम्मेवारी सम्हालेकी उनले लामो समय रेडियो भेरी एफएमबाट देउडा कार्यक्रम संचालन गरेकी थिईन् । अछाममै बसेर शिक्षण गर्नुका साथै विभिन्न संघ, संस्थाहरु मार्फत सामजिक कार्य गरिरहेकी उनले आज बास नेपालमा उपस्थित भएर साक्षात्कार गरिन्, बिगत सम्झिईन्, संघर्ष सम्झेर रोईन् । भेटघाटमा उपस्थित बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भन्डारीले आफुलाई बास नेपालमा आवद्ध गराउनमा कडायतले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गरे । छोटो भेटघाट विशेष रह्यो ।
– एन. शाह
(नाईस स्टोरी असल शासन पोष्ट साप्ताहिकको नयाँ स्तम्भ हो, यस स्तम्भमा छोटो, छोटो कथाहरु प्रकाशन गर्ने गरिन्छ, यहाँहरुको मुल्याँकनमा कोही व्यक्तिहरु असल हुनुहुन्छ भने वहाँको बारेमा वा कुनै असल कथाहरु हामीलाई पठाउन सक्नुहुनेछ, जसलाई हामी यस स्तम्भमा प्रकाशन गर्नेछौं –सम्पादक)

 

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech