६ प्रश्नमा निम बहादुर थाप

माधव कार्की

निम बहादुर थापा
वडा सचिव, बैझनाथ गाउँपालिका ६ बाँके

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जीवनको आदर्श व्यक्ती भनेको सधैं सबैको हित हुने काम गर्दै समाजसेवा गर्नेनै हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– मेरो बाबा आमाको साथ सहयोग र मेरो आफ्नै ईच्छा शक्तिले म यहाँसम्म आईपुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– म एउटा सरकारी कर्मचारी भएकाले म आफु र मेरो कार्यालयले नागरिकहरुलाई राज्यको निति नियममा रहेर सहज तरिकाबाट सेवा दिन लागि परेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– तत्कालीन टिटिहरिया गाबिस हुँदा म आफु गाबिसको सामान्य सहायक कर्मचारी भएकै बेला हाम्रो टिटिहरिया गाबिसलाई बाल मैत्री गाबिस घोषणा गरेका थियौं जुन कार्यक्रममा बाँके जिल्लामा रहेका सबै सरकारी कार्यालय प्रमुखहरुको उपस्थितिमा घोषणा गरिएको थियो त्यतिखेर म सारै खुशी भएको थिएँ त्यो नै मेरो जीवनको अबिश्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– नागरिकहरुले बिना झण्झट सहजै रुपमा सेवा प्राप्त गर्नु पाउनु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– म बैझनाथ वडा नम्बर ६ को सचिव भएकाले मेरो कार्यालय बाट यस वडाका नागरिकहरुलाई निष्पक्ष भएर सेवा प्रदान गर्ने, सके आफ्नै वडा कार्यालय नसके पालिका स्तर तथा माथिल्लो निकायबाट नागरिकहरुलाई सेवा दिन कञ्जुस्याई नगर्ने मेरो प्रतिबद्धता रहेको छ ।

 

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech