सूचनाको हकका लागि क्रियाशिल छौं

माधव कार्की

बिश्वजित तिवारी, अध्यक्ष
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६९ साल फागुन ९ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएर यस संस्थाले काम गर्दै आएको छ । सार्बजनिक सरोकारका बिषयहरुका बारेमा पैरबी गर्ने र नागरिक समाजका तर्फबाट अभियान सञ्चालन गर्दै आएको यस संस्थाले सुचनाको हक, अधिकारका क्षेत्रमा काम गर्छ ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– युएनडिपि, एक्सनएड, युयसआईडी, सेभ द चिल्ड्रेन, काठमान्डौ युनिभर्सिटी र डिजिटल राईट नेपालसँग सहकार्य रहँदै आएको छ भने स्थानीय सरकारसँग पनि सहकार्य रहदै आएको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हामीले आम नागरिकहरुको सवालमा काम गर्दछौं । सार्बजनिक सरोकारका बिषयमा आम नागरिकलाई सुसुचित पार्ने देखी पैरबी गर्ने काम गर्दै आईरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
– संस्था स्थापना देखी हाल सम्म गरेका धेरै कार्यहरु छन्, जस मध्ये सूचनाको हकका क्षेत्रमा गरेको कार्य सबै भन्दा उल्लेखनिय कार्य हो जस्तो लाग्छ मलाई ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सामाजिक संस्थालाई हेर्ने दृष्टिकोण एउटै छैन, फरक, फरक छ, सबै खाले चुनौतीहरु छन् तर ति सबै चुनौतीहरुलाई सामना गर्दै अघि बढिरहेका छौं ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– संस्थाको बिधान अनुसार हाल सम्म गर्दै आईरहेका कामहरु लाई निरन्तरता दिने काम हामी गर्नेछौं ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
संस्थाका गतिबिधीहरुलाई पत्रिकाका माध्यामबाट नागरिकहरु समक्ष जानकारी गराईदिनु भएकोमा असल शासन मिडियालाई बिशेष धन्यबाद ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech