म बाल बिबाह गर्दिन र गर्न पनि दिन्न

असल शासन प्रतिनिधि

बाँसगढी / बालबिबाह न्युनिकरणका लागि गरिएको एक कार्यक्रममा उपस्थित छात्रछात्राहरुले “म आफु पनि बाल बिबाह गर्दिन र अरुलाई गर्न पनि नदिने” प्रतिबद्धता ब्यक्त गरेका छन् ।

युवा सञ्जाल बाँसगढीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा आईतवार बाँसगढी सामुदायिक पुस्तकालयको सभा हलमा आयोजना गरेको सञ्जाल स्थापना दिवसको अवसरमा सहभागी छात्रछात्राहरुले सो कुरा बताएका थिए । साथै सहभागी बिद्यार्थीहरुले कतै बाल बिवाह भएमा प्रसाशनलाई खबर गर्नुका साथै आफुहरु कर्तब्यनिष्ठ भएर असल बिद्यार्थीको भुमिका निर्वाह गर्ने बताए ।

२०७७ सालमा स्थापना भएर युवा सञ्जालले बालविवाह न्यूनिकरणका लागि नगरका ९ वटै वडामा सडक नाटक, प्रर्दशनी, क्याम्पस, विद्यालय स्तरमा हस्ताक्षर अभियान, डोर टु डोर,फेसबुकमा भिडियो÷फोटो पोष्ट अभियान लगायतका कार्यक्रम गर्दै आएको यस सञ्जालले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा दुईदिने कार्यक्रम अन्तरगत शनिबार सञ्जालका पदाधिकारी तथा स्वयंसेवकहरुद्धारा ॐ केदारेश्वर धाममा बृक्षारोपन कार्यक्रम गरेका थिए भने आईतवार बाल बिवाह न्युनिकरणमा बिद्यार्थीहरुको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

बाँसगढी नगरपालिकाका उप प्रमुख ईन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर स्तरिय अन्तर मा.बि प्रतियोगितामा नगरका १३ वटा माध्यामिक बिद्यालयहरुबाट छात्र छात्राहरुले भाग लिएका थिए भने प्रथम, द्धितिय,तृतिय र सान्त्वना क्रमश नेपाल राष्ट्रिय माबिकी छात्रा तृष्टा उपाध्याय,साही बिद्यालयका छात्र राजेन्द्र न्यौपाने,बाल ज्योती एकेडेमी बर्दियाका छात्र सिद्धार्थ पंगेनी र जीवन ज्योती माबिकी छात्रा कृतिका ओली ले स्थान प्राप्त गरेका युवा सञ्जाल बाँसढीका अध्यक्ष एकनारायण अधिकारीले जानकारी गराए ।

स्थानिय जनप्रतिनिधी,कर्मचारी शिक्षक बिद्यार्थीहरु र अविभावकहरु उपस्थित रहेको कार्यक्रममा प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि ईन्दिरा चौधरी बाट पुरुस्कार सहित प्रमाणपत्र बितरण गरेको थियो ।

युवा सञ्जाल बाँसगढी का अध्यक्ष एकनारायण अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य युवा सञ्जालका सदस्य लक्ष्मण घर्तीले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्जालका सह–संयमेजक विमल सुवेदीले गरेका थिय ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech