हिमानी शु सेन्टरमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा बागेश्वरी टोलमा रहेको हिमानी सु सेन्टरमा आगलागि भएको छ ।

शुक्रबार राती १२ बजेर ५ मिनेटमा अचानक बिधुत शर्ट भएर घरबारी टोल स्थित प्रो. प्राईटर गिता घिमिरेको हिमानी शु सेन्टर मा आगलागी हुँदा ५० लाख को क्षती पुगेको सु सेन्टरका मालिक मणिराम बटाला बताउँछन् ।

घर मालिक जाकिर हुसेन हलवाईको घरमा सटर भाडामा लिई जुत्ताको पसल गर्दै आएका ब्यपारी मनिराम बटालाको पसलमा आगलागी भएको केही समयमै नेपाल प्रहरी र दमकल घटणास्थल पुगेपनि पसलमा भएका सम्पुर्ण सामानहरु जलेर नष्ट भईसकेका थिए

आगलागि हुनुको अघिल्लो दिन मात्र आउँदै गरेका तिज र दशैलाई लक्षित गरी ५ लाख जतिको सामान हालेको पसलका मालिक बटाला दुखेशो पोख्दै भन्छन् मलाई एकपछि अर्को पिडा थपिरहेको छ । २ महिना अगाडी मात्र बटालाको आमाको मृत्य भएको थियो ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech