सूचना माग्न सक्ने वातावरण बनाउन सिराहाका सिडियोको निर्देशन

असल शासन प्रतिनिधि

 सिराहा /  सूचना मांगकर्ताले सहज, सरल एवम् निर्भयता पूर्वक सूचना माग्न सक्ने वातावरण बनाउन सिराहाका सिडियोले जिल्लास्थित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सिराहाका सिडियो राजेन्द्रदेव पाण्डेले जिल्ला स्थित सरकारी कार्यालय , सार्वजनिक निकाय र सुशासन इकाई प्रमुखहरुको बसेको बैठकमा त्यस्तो निर्देशन दिएका हुन् । गृह मंत्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट सूचना मांगकर्ताको सूरक्षाका लागी समेत पत्र प्राप्त भएको तर्फ कार्यालय प्रमुखहरुको ध्यानाकर्षण गराउदै सिडियो पाण्डेले भने पछिल्लो समय सूचना मांगकर्ता उपर दुर्वयहारको घट्नुका साथै  सूचनाको हक प्रयोग गर्ने आम नागरिकमा त्रासको वातावरण सृजना हुनेगरेको छ ।
नेपालको संविधान र सूचनाको हक सम्बन्धि ऐन २०६४ ले दिएको सूचना मांग्ने र पाउने हकप्रति नै नाकारात्मक धारणा बन्न सक्ने अवस्था देखिने भएकोले यस्ता क्रियाकलापहरुको नियन्त्रण गर्न र सहज रुपमा सूचना उपलब्ध गराउदै त्यसको खर्चको मासिक प्रतिबेदन सार्वजनिक गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
संबिधानले, सूचनाको हक नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको ३३ वर्ष बित्नै लाग्दा र सूचनाको हक सम्बन्धी ऐन २०६४ लागु भएको १७ औ वर्षमा प्रवेश गर्दासम्म नागरिकलाई सूचनाको हकमा पहुच हुन नसकेको अवस्थामा सूचना लिने र दिने संस्कृतिको बिकास गराउन सिराहा जिल्लाका सुचनाका अभियान्ता परशुराम साहले थालेको अभियानले सिरहाका सरकारी सार्वजनिक निकाय तथा स्थानीय तहलाई सूचना अधिकारी तोक्न ,सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्न र स्वत:प्रकाशन गर्न बाध्य बनाई दिएको छ ।
साहको अभियानबाट प्रेरित भएर पछिल्लो समय सिराहामा सूचना मांगकर्ताको संख्या बढेपनि सार्वजनिक निकायले सहज र सरल तरीकाबाट सूचना उपलब्ध गराउने बाताबरण अझै बन्न नसकेको अवस्थामा साहलाई सूचनाको हकका लागी वकालत नगर्न दवावहरु आइरहेको अवस्था छ ।
साहले, २०७९ /८० मा मधेश प्रदेशका आठ वटै जिल्ला प्रशासन कार्यालय , शिक्षा बिज्ञान तथा प्रबिधि मंत्रालय र झापा सम्मको सरकारी कार्यालय,स्थानीय तह र सार्वजनिक निकायसंग सूचना मांग गरेर अधिकांश कार्यालयमा सूचना अधिकारी तोक्न र फ्लेक्स राख्न कार्यालयहरुलाई बाध्य बनाई दिएका छन भने सूचना लुकाउने एक जना कार्यालय प्रमुखलाई राष्ट्रिय सूचना आयोगवाट १५ हजार जरीवाना गराई सकेका छन ।

  • २० भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech