सिकेको कुरालाई प्रयोगमा ल्याउनुपर्ने – अध्यक्ष श्रेष्ठ

असल शासन प्रतिनिधि

नेपालगन्ज / तालिमबाट आफुले सिकेको कुरालाई प्रयोगमा ल्याउदा प्रभावकारी हुने बताईएको छ ।

असल शासन मिडियाले नेपालन्जमा सन्चालन गरेको सात दिने उद्घोषण तालिमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर दुई का अध्यक्ष मनोज श्रेष्ठले सो कुरा बताएका हुन ।” तालिमको ज्ञान लिएर अब तपाईहरुले विभिन्न स्थानमा त्यस्को प्रयोग गर्नु हुनेछ भन्ने आशा लिएको प्रमुख अतिथी श्रेष्ठले थपे ” ।

बास नेपालको सुशासन हलमा भाद्र १५ गते देखि सन्चालन भएको भएको उदघोषण तालिममा विभिन्न सघ सस्था र बास नेपालका बिभिन्न ईकाईहरुका पदाधिकारीहरु गरी १९ जनाको सहभागिता रहेको तालिमका सयोजक शुद्ध चौधरीले बताए ।

प्रमुख अतिथी श्रेष्ठ र बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा द्वरा सहभागिलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माको अध्यक्षतमा आयोजित कार्यक्रम स्वागत मन्तब्य कार्यक्रम सयोजक शुद्ध चौधरीले राखेका थिए भने कार्यक्रम सन्चालन यसै सात दिने उदघोषण तलिमका सहभगी तर्क बडुवालले सन्चालन गरेका थिए ।

  • २२ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech