बास बाजुरा शाखा पुनर्गगठन, अध्यक्षमा सरिता

असल शासन प्रतिनिधि

बाजुरा / बास नेपालको बाजुरा शाखा शनिबार पुनर्गठन भएको छ ।

भ्रष्टाचारका बिरुद्ध बुलन्द आवाज उठाउँदै आएको बास नेपाल बाजुरा शाखामा आजै बाजुरा क्याम्पसको हलमा बसेको बैठकले नयाँ समिति चयन गरी शाखा पुनर्गठन गरेको हो ।

पुनर्गठित शाखाको अध्यक्षमा सरिता थापा चयन भएकी छिन् । उपाध्यक्षमा उमेश रोकाया र भरत बोहोरा रहेका छन्  भने सचिवमा धिरेन्द्र थापा, सहसचिवमा धनराज बुढा र रमेश दानी रहेका छन् भने कोषध्यक्षमा कमला साउद चयन भएका छन् ।

त्यस्तै गरी पुनर्गठित शाखाका सदस्यहरुमा मदन बिक, सुनिता जैशि, रमेश गुयाल, पारस बुढा, महेश खड्का, सोधा नेपाली, जनक चदारा, किरण रोकाया, पार्बति नेपाली, सरिता रोकाया, नन्दा थापा, सृजना रोकाया र सुजाता नाथ सदस्य रहने गरि नयाँ समिति चयन गरिएको छ । सोही भेलाले शाखाको सल्लाहकारमा दिपक बडुवाल लाई चयन गरेको छ ।

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित

  • Nabintech