बास नेपालका तीन नयाँ उपशाखा गठन

असल शासन प्रतिनिधि

सुर्खेत / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले तीन नयाँ उपशाखा गठन गरेको छ ।

बास नेपालले सुर्खेतको बिरेन्द्रनगर, चौकुने र कालिकोटको रास्कोट नगरपालिकामा उपशाखा गठन गरेको हो ।

भाद्र २३ गते शनिवार गठित बिरेन्द्रनगर उपशाखा अध्यक्षमा बिनिता थापा चयन भएकि छन् भने उपशाखा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बिबेक तिवारी, सुनिला थापा, ईन्द्र बहादुर कसेरा र सुशिला थापा चयन भएका छन् भने सदस्यहरुमा क्रमश मोहित सिंह, युवराज आचार्य, कंगना शाही र रञ्जानु खाँन रहेका छन् ।

उपशाखा गठनमा बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, सदस्य भगवती बि.सि., बास नेपालका सुर्खेत जिल्ला शाखा अध्यक्ष अमर बहादुर शाही, सचिव ललिता बिश्वकर्मा ओड र सह सचिव सुसिल सुनार लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा पनि उपशाखा गठन गरिएको छ । उक्त उपशाखा अध्यक्षमा जित बहादुर तिरुवा चयन भएका छन् भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गिता जैशी, साबित्री बि., नरेन्द्र बहादुर नेपाली, भावना नेपाली, कल्पना दानी, बल बहादुर बि.क., कल्पना तिवारी र मिना टमाटा रहेका छन् ।

त्यसैगरी कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पनि बास नेपालको उपशाखा बिस्तार भएको छ ।

बास नेपालका सामाजिक परिचालक चक्रनाथ योगी सक्रियतामा र रासकोट नगरपालिकाका वडा सचिव मेघराज चौलागाँईको समुपस्थितीमा बासको उपशाखा गठन गरिएको हो ।

उक्त उपशाखाको अध्यक्षमामा निर्मल शाही चयन भएका छन् । उक्त उपशाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः गणेश खड्का, टिका उपाध्याय र मिम्की शाही रहेका छन् भने सदस्यहरुमा क्रमश वल तिरुवा, दल दर्जि, असला योगी, पुष्पा योगी गिरी र हर्क सार्की रहेका छन् ।

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित

  • Nabintech