राजस्वका अधिकृत सापकोटा पक्राउ, पौडेल फरार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद सहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले श्रोत नखुलेको २६ लाख नगद रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले सापकोटालाई पक्राउ गर्दै गर्दा उनीसङ्गै रहेका अर्का अधिकृत दिपक पौडेल फरार भएका छन् ।

जानकारी अनुसार उनीहरु बिहानको ८ः ४५ बजे श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए । चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु. २६ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो ।

फरार पौडेललाई प्रहरीले खोजिरहेको छ । पक्राउ परेका सापकोटालाई  जिल्ला प्रहरी कार्यालय बाँकेले अख्तियारलाई बुझाएको बताईएको छ ।

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech