स्तन क्यान्सर जागरुकता कार्यक्रम

असल शासन प्रतिनिधि

रुपन्देही / बागेश्वरी असल शासन क्लव बास नेपाल रुपन्देही शाखाले स्तन क्यानसर जागरुकता कार्यक्रम सम्पन्न गरेको छ ।

दिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेशनको सहयोग तथा बास नेपाल रुपन्देही शाखाको आयोजनामा शुक्रबार श्री रुपन्देहीको लिलाराम स्कूलमा स्तन क्यान्सर तथा जागरूकता कार्यक्रम आयोजना गरेको छ ।

१०५ जना सहभागी रहेका स्तन क्यानसर जागरुकता कार्यक्रममा डा. सञ्जय पाण्डेयले प्रशिक्षण दिनुभएको थियो ।

बास नेपालका रुपन्देही शाखाका अध्यक्ष सिमरत कौरको अध्यक्षतामा सम्पन्न कार्यक्रम शाखाका सदस्य इन्द्रसेन कुर्मीले सञ्चालन गरेका थिए ।

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech