बालक्लव र किशोरीहरुको लागि चौकुनेमा खोप सम्बन्धि अभिमुखिकरण

रबिन्द्र बोहरा

सुर्खेत/चौकुने गाउँपालिका सुर्खेतमा बाल क्लव र किशोरीहरुको लागि एक दिने बाल विवाह, खोप तथा सामाजिक व्यवहार परिवर्तन विषयक एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित मानव केन्द्रीत दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत भाद्र २८ गते विहिबार सो अभिमुखिकरण सम्पन्न भएको हो ।

२८ जना सहभागि रहेको अभिमुखिकरणको उद्घाटन कार्यक्रम चौकुने गाउँपालिकाको उपाध्यक्ष नर बहादुर बन्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर जैशी, बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरा र बास नेपालका सामाजिक परिचालक जिवन तिरुवा, बास नेपाल चौकुने उपशाखाका कोषाध्यक्ष भावना नेपाली, सहसचीव नरेन्द्र बहादुर नेपाली, सदस्य बल बहादुर वि.क.को उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बन्तोलाले बालबालिका र किशोरीहरुमा गरिएको लगानीले आगामी समाज रुपान्तरणमा योगदान दिनुका साथै पालिकाको समग्र विकासको लागि विभिन्न संघसंस्थाको हातोमालो र निरन्तर सहयोगको आवश्यकता रहेको बताउँदै बालबालिकाले सानै उमेरमा विवाह नगरी परिपक्क उमेरमा विवाह गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर जैशीले बास नेपालले युनिसेफको सहयोगमा चौकुने गाउँपालिकालाई लक्षित गरी कार्यक्रम लागु गरेकोमा धन्यवाद ज्ञापन गर्दै, बालबालिकालाई खोप तथा बालविवाह सम्बन्धि एक दिने अभिमुखिकरणले चौकुनेमा हुने गरेको बाल विवाहको समस्या तथा खोपबाट छुट्ने दरलाई कमी गर्न सहयोग गर्ने बताए ।

बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले उदेश्य बारे जानकारी गराएको उद्घाटन सत्रको संचालन बास नेपालका सामाजिक परिचालक जिवन तिरुवाले गरेका थिए ।
अभिमुखिकरणलाई बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहरले सहजिकरण गर्दै सहभागिहरुलाई प्रयोगात्मक विधि, समूह विधि, प्रस्तुतिकरण विधि मार्फत खोप, बाल विवाह, मानव केन्द्रित दृष्टिकोण खोपको महत्वको बारेमा सहजिकरण गरेका थिए । अभिमुखिकरणमा सहभागीहरुले समूहमा तयारी गरेको खोपको समय तालिका अस्मिता सलामी, चन्द्रा ढकाल र जमुना धमलाले प्रस्तुतिकरण गरेका थिए ।


अभिमुखिकरणको अन्त्यमा सहभागीहरुले आफुहरु परिपक्क नभइ विवाह नगर्नु, समयमा नै सबै खोपहरु लगाउन समुदायमा सचेतना जगाउने, गर्भवती चेकजाँच र सुत्केरी चेकजाँचको बारेमा समुदायम सन्देश दिने प्रतिबद्धता जनाएका थिए ।

 

  • २८ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech