नेपालगञ्ज औद्योगिक क्षेत्रले दियो सूचना, बायु प्रदुषण कायमै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्ज, बाँकेले सूचना उपलब्ध गराएकोे छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका तीन जना युवाहरुले माग गरेको सूचना कार्यालयले उपलब्ध गराएको हो ।
नेपालगञ्ज १२ का नमस्कार शाह, नेपालगञ्जका १० का हेमराज भट्ट र शुद्ध प्रसाद थारुले सूचना माग गर्दै निबेदन भाद्र १३ गते निबेदन दर्ता गरेका थिए ।
निबेदन दर्ता गर्दै युवाहरुले औद्योगिक क्षेत्र भित्र रहेका केही उद्योगहरुबाट दिनहुँ भईरहेको बायु प्रदुषण बारे मागेको सूचनामा औद्योगिक क्षेत्र नेपालगञ्जले उच्च अदालत तुलसिपुर नेपालगञ्ज ईजलाशले गरेको आदेश बमोजिम बिभिन्न निकायको संलग्नतामा टोली गठन भई बातावरणीय मूल्याँकन गरिएको उल्लेख गरेको छ ।
सूचना मागकर्ताहरुले औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योगहरुबाट उद्योग सञ्चालन गर्दा निस्किने बायु प्रदुषण नियन्त्रणका लागि सम्मानित अदालतबाट भएको आदेश कार्यान्वयनको अवस्था मागेका थिए । जसमा कार्यालयले बातावरण बिभाग कुपुण्डोलको प्रतिबेदनको आधारमा मोडर्नडोर्स ऐण्ड उड प्रोडक्ट नामक कम्पनीलाई पत्राचार गरेको उल्लेख गरेको छ । जस अनुरुप उक्त उद्योगले २ थान व्वाईलर जडान गरेको, २०८० जेष्ठ ११ गते उद्योग परिसर तथा वरपर जडित वोईलरबाट निस्कने धुवाको प्रदुषणको मात्रा चेक जाँच गरि उक्त जाँच पश्चात नेपाल सरकारको मापदण्ड भित्र रहेको भनि प्रतिबेदन पेश भएको उल्लेख छ ।
कार्यालयले बायु प्रदुषण नियन्त्रणका लागि संबदेनशिल हुन उद्योगहरुलाई निर्देशन दिएको, पत्राचार गरेको, कच्चि सडक कालोपत्रे गरि धुलो, धुवाँ कम हुन सहयोग गरेको, खाली क्षेत्रमा बृक्षारोपण गरिएको उल्लेख गरेको छ ।
औद्योगिक क्षेत्र भित्रतुलनात्मक रुपमा वायु प्रदुषण फैलाउने उद्योगहरुमा माडर्न डोर्स उड प्रोडक्टस प्रा.लि. र रिजवान ईञ्जिनियरिंग उद्योग रहेको कार्यालयले जनाएको छ । कार्यालयले दुबै उद्योगहरुबाट वातावरण न्यूनीकरणको उपायहरु अवलम्वन गर्दै गएको बताईएको छ । तथापी दिनहुँ औद्योगिक क्षेत्रबाट प्रदुषित धुवाँको मुस्लो भने निस्किरहेको छ ।
सूचना अधिकारी जागेश्वर चौधरीले सूचना उपलब्ध गराएको हुन् ।

  • २९ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech