बाँकेको राप्तीसोनारीमा बिष्फोट, एकतर्फी सडक अबरुद्ध

असल शासन प्रतिनिधि

नेपालगन्ज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएको छ ।
गए राति एकाएक सडक छेउमा ठुलो बिष्फोटको आवाज आएपछि स्थानीयहरु र सुरक्षाकर्मीहरु उक्त स्थान मा पुगेका थिए । घट्ना स्थलमा पुग्दा मुख्य सडकको साईटमा बिष्फोट भएको र सो स्थानमा ठुलो खाल्टो भएको छ । सडकमा विस्फोट भएको बम भएको अनुमान गरिएको छ ।

फोटो : कबिन्द्र परियार

द्धन्द्धकालमा लुकाईराखिएको बम बिष्फोट भएको हुन सक्ने श्रोतले बताएको छ बिष्फोट स्थलमा केही तारहरु भेटिएको र घट्नाको थप अनुसन्धान भईरहेको जनाएको छ । घट्ना स्थलमा रहेका पत्रकार कबिन्द्र परियारले बिष्फोटका कारण एकतर्फी रूपमा मात्रै सवारी आवागमन भैरहेको जनाएको छ।

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech