महेन्द्र क्याम्पसकी भुत बंगला ?

छत्र सुनार

हजारौं विद्यार्थी उत्पादन गरेको पश्चिमकै सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार भुतबंगाला जस्तो छ ।

यहाँ पढेका विद्यार्थी नेताहरु पालिका प्रमुख, माननीय देखि मन्त्री सम्म भइरहँदा पनि आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको मुहार किन फेरिन सकिरहेको छैन ? नेता ज्युहरु नौ महिना तपाईंहरुको आमाले पेटम राखेर तपाईंलाई जन्म दिनु भएको हो, महेन्द्र बहुमुखी क्याम्पसले पनि तपाईंहरुलाई शिक्षा दिएर जीवन दिएको हो, तपाईंलाई शिक्षित व्यक्तिको रुपमा जन्म दिएको हो, तपाईंहरुलाई यहि क्याम्पसले परिवर्तन हुन सिकाएको हो तर तपाईंहरूले क्याम्पस परिवर्तन गर्न सक्नु भएन । यदि महेन्द्र बहुमुखी क्याम्पस नभएको भए आज भोलि तपाईंहरुको सेतो पिलेटमा र चिल्ला गाडीहरुमा चढ्ने सक्ने अवस्था हुन्थेन होला ।

तपाईंहरुले यस्ता कुरालाई कहिलै पनि सोच्नु भएन । आज भोलि महेन्द्र बहुमुखी क्याम्पसको अवस्था हेर्दा कहाली लाग्दो छ, लाइब्रेरी छ, भवन भत्कँदै छ । किताब छन, कितावहरु पानीले भिँजेर सड्दैछन् । महेन्द्र बहुमुखी क्याम्पस अस्त व्यस्ततामा रुमल्लिरहेको छ, विद्यार्थीहरुले पैसा तिर पनि किताब पाउन नसक्ने अवस्था छ ।

क्याम्पसको बाहिरी वातावरण हेर्ने हो भने कुनै राष्ट्रिय निकुञ्ज भन्दा कम छैन । भवनको कुरा गर्ने हो भने माथि बाट पानी चुहिरहेको छ, त्यसैमा पनि विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

त्यति मात्र नभएर कुनै दिन तिनै भवन भत्किएर हजारौं विद्यार्थीहरुको ज्यान तल माथि हुन सक्ने सम्भावना देखिन्छ यदि यस्तो भइरहँदा क्याम्पस प्रशासन के हेरेर बसेको छ ? जंगलको रुपमा रुपान्तरण भएको क्याम्पसलाई व्यवस्थित गर्न नसक्नेहरुले क्याम्पस प्रमुखको जिम्मा किन लिनु ? हामी यसको जवाफ खोजिरहेका छौं । हजारौं विद्यार्थीहरू यो समस्याको समाधान खोज्न कहाँ जान्नु पर्ने हो ? हामी जान्न तयार छौं ।

 

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech