पशुपती क्षेत्रमा सरसफाई

पवनराज तिमिल्सिना

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वार्ड नम्वर २० राँझा स्थित पशुपती मन्दिर सरसफाई गरिएको छ ।

हरितालिकामा तिजको अबसरमा बिशेश पुजा आजा हुने भएकाले सो को तयारीका लागि सरसफाई गरिएको हो ।

नेपालगन्ज उपमहागरपालिका वडा नम्वर २० का वडा अध्यक्ष कौशल धोवीको नेतृत्वमा स्थानीयहरु मन्दिर परिसरसँगै सडक सफा गर्न तिर जुटेका हुन् ।

पशुपती मन्दिर बिकास समिती, नेपालगन्ज डेउडा समाज, आमा समूह, पशुपति युवा कलब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन उपभोक्ता समूह, सहकारी सँस्थामा आबद्ध व्यक्तिहरुको सहभागितामा सरसफाइ गरिएको बताईएको छ ।

 

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech