जनप्रतिनिधिबाट अपेक्षित काम नहुनुको कारण के होला ?

तपेन्द्र मलाती

निर्वाचित जनप्रतिनिधिहरुले जनअपेक्षा अनुरुप काम गर्न नसक्नुको विभिन्न कारणहरु धेरै छन् । जनताको आवश्यकता नबुझ्नु, भिजन नहुनु, पदमा पुगेपछि गैर जिम्मेवार हुनु लगायतका कारणे जनताका अपेक्षा पुरा हुन सकिरहेका छैनन् ।

–  मुना श्रेष्ठ, प्राध्यापक, नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्ज, बाँके

निर्वाचित जनप्रतिनिधिहरुले जनअपेक्षा अनुरुप काम गर्न नसक्नुको कारण महत्वकाक्षा र प्रतिबद्धताको अभाव हो । निर्वाचनमा गलत आश्वासन बाँड्ने, पदमा पुगेपछि केही नगर्ने रोगबाट जनप्रतिनिधिहरु ग्रसित भएकाले जनअपेक्षित काम हुननसकेको अवस्था छ ।

–  पूर्णलाल चुके, बरिष्ठ पत्रकार

निर्वाचित जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुरुप काम गर्न नसक्नुको कारण पहिलो कुरा त जनप्रतिनिधिहरुले जनतालाई के आवश्यकता छ त्यो नै बुझ्न चाहनु हुँदैन जस्तो शिक्षा, स्वास्थ्य, रोजगार, बिकास निर्माण आदि । यदि काम भईहाले पनि निश्पक्ष नभई राजनितिक आग्र पूर्वाग्रहमा काम हुने गरेका छन् । जनप्रतिनिधिहरु जब यस्ता कार्यबाट माथि उठ्दैनन् तबसम्म जनअपेक्षा अनुरुप काम हुँदैन जनप्रतिनिधिहरुले समानताको र आवश्यकताको सिद्धान्तमा काम गरेमा जनताको अपेक्षा बमोजिम काम हुने कुरामा दुईमत छैन ।

–  लोक बहादुर शाह, अधिवक्ता

 

 

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech