सुपरिचित पुनित

असल शासन प्रतिनिधि

पुनित बिक्रम शाह सुपरिचित व्यक्ति हुनुहुन्छ । बौद्धिक व्यक्तित्व वहाँ गैसस क्षेत्रको अगुवा हुनुहुन्छ । बाँकेको चिसापानीमा रेरी संस्था स्थापना गरि सामाजिक बिकासमा अतुलनीय योगदान दिनुभएका वहाँले बहिरा अपाङ्गताका क्षेत्रमा पुर्याउनु भएको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ । कम बोल्ने, मिजासिलो स्वभावका धनी वहाँले दशकौं देखि आफ्नो जीवन सामाजिक सेवामा समर्पित गर्नुभएको छ ।

पद, प्रतिष्ठा, मान, सम्मानको लोभबाट सधैं टाढा रहँदै आउनु भएका वहाँ अपाङ्गता भएका व्यक्तिहरुको हक, हितका लागि काम गर्ने सम्भवतः पश्चिम् नेपालकै पहिलो साङ्ग व्यक्ती हुनुहुन्छ । बिपदमा होस् या कोभिडको जोखिममा अग्रपंक्तिमा रहेर काम गर्ने गैससकर्मीहरु मध्ये वहाँ एक हो । सम्मानित व्यक्तित्व शाह असल व्यक्ती हुनुहुन्छ । वहाँबाट समाजले जति पाएको छ त्यो प्रशँसनिय छ अझै समाजले धेरै सेवा पाउने अपेक्षा छ ।

(नाईस स्टोरी असल शासनको नयाँ स्तम्भ हो, यस स्तम्भमा छोटो, छोटो कथाहरु प्रकाशन गर्ने गरिन्छ, यहाँहरुको मुल्याँकनमा कोही व्यक्तिहरु असल हुनुहुन्छ भने वहाँको बारेमा वा कुनै असल कथाहरु हामीलाई पठाउन सक्नुहुनेछ, जसलाई हामी यस स्तम्भमा प्रकाशन गर्नेछौं –सम्पादक)

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech