चिसापानीमा व्यवस्थित बालगृह, बहिरा बालबालिकाको साहरा बन्दै

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर १ मा बिगत लामो समय देखि बहिरा अपाँग बालगृह सञ्चालन भईरहेको छ ।

रेरी नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको उक्त बाल गृह बिगत ७ बर्ष देखि बालगृहलाई थप व्यवस्थित बनाईएको छ । हाल ४४ जना (२२ पुरुष र २२ महिला) बहिरा बालबालिकाहरु उक्त बालगृहमा आश्रित रहेका छन् ।

बाँके, बर्दिया, सल्यान, जाजरकोट, दैलेख, मुगु र अछामका बालबालिकाहरु उक्त बालगृहमा रहेका छन् । संस्थाका अध्यक्ष पुनित बिक्रम शाहका अनुसार, ७ बर्ष देखि २२ बर्ष उमेरका बालबालिकाहरु उक्त बालगृहमा रहेका छन् । बडा कार्यालयको सिफारिस, अभिभावकको अनुमतिमा बालगृहमा राख्ने गरिएको उनले बताए ।

बालगृहका लागि ४ जना केयर टेकर, ४ जना शिक्षक, १ जना स्टाफ नर्स, १ जना खेल शिक्षक, १ जना मार्सल आर्टर शिक्षक, १ जना गाडी चालक, १ जना हेल्पर र १ जना ईन्टरप्रेटर गरि १६ जना कर्मचारी रहेको उक्त बालगृहलाई नेपाल सरकार, बि योन द अर्फानिस अष्ट्रेलियन एड र किन्डर लाईफ नेपालको सहयोग रहेको छ ।

१ महिनाको चार हजारका दरले १० महिनाको ४० हजार नेपाल सरकारले पालिका मार्फत बहिरा बालबालिकालाई उपलब्ध गराउने गरेको उक्त संस्थाले जनाएको छ । बालगृहमा रहेको बालबालिकाहरु कक्षा १ देखि ८ सम्म दहित आधारभुत बिद्यालय च्यामामा र कक्षा ९ देखि १० सम्म सुर्याेदय माबि चिसापानीमा अध्ययन गर्ने गरेका छन् ।

बालगृहमा रहेका बालबालिकाहरुलाई बिभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि गराउने गरिएको छ । हाल सम्म २५६ बालबालिकाले सो गृहबाट सेवा लिईसकेको संस्थाले जनाएको छ ।

संस्थाले साँकेतिक भाषा सिकाउने र बालबालिकाहरुलाई साक्षर बनाउने लक्ष्यका साथ बालगृह सञ्चालित रहेको जनाएको छ । एसईई उतिर्ण भएका बालबालिकाहरुलाई रुचि अनुसार सिपमुलक तालिम प्रदान गर्ने गरिएको छ ।

पूर्ण साक्षर बनाई बालबालिकालाई संस्थाले समुदायमा पुनस्र्थापना गराउने गरेको छ । बहिरा बालबालिकाहरुको बिषयमा राज्य गम्भिर नभएको अध्यक्ष शाह बताउँछन् । छात्रबृत्ति प्राप्तीका लागि संस्थाले पहल गरेर सफलता प्राप्त गरेको उनको भनाई रहेको छ ।

 

 

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech