६ प्रश्नमा सुर्य बहादुर थापा

माधव कार्की

सुर्य बहादुर थापा
वडा सचिव , बाँसगढी नगरपालिका ७, बर्दिया

१. तपाईको जीवनको आर्दश के हो ?
– सधैं सरल र सहज तरिकाले बाँच्नु नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– मेरो आमा बुवाको उत्प्रेरणा र सानै देखी पहाडको आफ्नै गाँउमा सबै जना सरकारी सेवामा रहेको देखेकाले म आफुले पनि सरकारी सेवामा जानुपर्छ भन्ने उद्धेश्य बोकेकाले यहाँ सम्म आईपुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफु एउटा सरकारी कर्मचारी भएकाले राज्यको प्रचलित नियम कानुमा रही आम सेवाग्राहीहरुलाई सरल सहज रुपमा सेवा प्रदान गर्ने काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– २०७१ सालमा मेरो छोरीले लोकसेवामा नाम निकाल्न सफल भएकी थिईन् त्यो दिन म निकै उत्साहित भएको थिए त्यो नै मेरो जीवनको अविस्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राम्रो शासन पद्धति नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
जागिरको शिलशिलामा कर्म तथा सेवाको भावले आफ्ना सेवाग्रहीहरुलाई सहजरुपमा सेवा दिदै आईरहेको छु । सोही कार्यलाई निरन्तरता दिने र अवकास पछि पनि समाजमा भए गरेका समस्याहरुलाई समाधान गर्ने र समाज सेवा गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech