कार्यकक्षमैं अनैतिक गतिविधि

असल शासन प्रतिनिधि

इलाम/इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (युवती) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ बाहिरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडिओ सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ ।

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडिओ कैद भएको हो । भिडिओ असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत राईको साउनको पहिलो सातानै सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री कार्यालय विराटनगर गईसकेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत राई विवाहित हुन भने कर्मचारी युवती अविवाहित हुन् । सार्वजनिक भएको भिडिओमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी) को कार्यकक्षमा बसिरहेका हुन्छन् । महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन् । त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन्। त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडिओमा देख्न सकिन्छ । राई अहिले सो पालिकामा छैनन् भने महिला कर्मचारी अहिले पनि सोही पालिकामा कार्यरत छन् ।

दुई कर्मचारीबीच अफिसको कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ सुरुमा रुटिन अफ इलाम बन्द फेसबुक पेजले सार्वजनिक गरेको थियो । उक्त फेसबुक पेजले फरक फरक समयमा फरक फरक भिडिओ तीन पटक पोष्ट गरेको थियो ।

उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृत (महिला)ले कार्यालयमै हर्कत गरेको उल्लेख छ । कर्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि यतिबेला उनीहरुको आलोचना भइरहेको छ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech