मानवीय कार्यमा क्रियाशिलता

माधव कार्की

गोबर्धन सिंह सम्झना
सभापती, नेपाल रेडक्रस सोसाईटी, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०२४ सालमा जिल्ला प्रशासनमा कार्यालयमा दर्ता भएर मानबिय कार्यको छेत्रमा काम गर्दै आईरहेकोछ । नेपाल रेडक्रसका सात अधारभुत सिद्धान्तहरु मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र बिश्वब्यापकतामा अधारित भएर हरेक मानबिय बिपत्तिमा नेपाल सरकार सँगको समन्वयमा काम गर्दै आईरहेको छ । बाँके जिल्लाका ८ वटा पालिका क्रियाशिल रहेको नेपाल रेडक्रस सोसाईटीका १७ वटा उपशाखाहरु बाट आआफ्नो कार्य क्षेत्रमा पर्ने पालिका एवं वडाहरुमा समन्वय गरी बिपदको अवस्थामा र सामान्य अवस्थामा उनीहरुको आवश्यक्ता अनुरुप बिपद ब्यवस्थापनका कार्यहरु गर्दै आईरहेका छौं ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– अन्तराष्ट्रिय रेडक्रस लगायत बिभिन्न साझेदार संघ सस्था, नेपाल सरकार सङ सहकार्य रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हामी सबै आम नागरिकका लागि काम गर्दछौं बिशेष गरि रेडक्रसले मानविय कार्य गर्दछ ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– बिपत्तीमा सहयोग, प्राथमिक उपचार तालिम सञ्चालन, रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन, आवश्यकतामा रहेका बिरामीहरुलाई रगत उपलब्ध गराउने लगायतका कार्यहरु हाम्रा उल्लेखनिय कार्य हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– मानबिय उद्धार कार्यलाई सबै तहका सरकारले अझै संबेदनशिल रुपमा लिन सकेका छैनन् यो बिषय हामी सबैको लागि चुनौतीको रुपमा रहेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– मानबिय कार्यका लागि नेपाल सरकार सँग र जिल्ला बिपद ब्यवस्थापन सँग नै सहकार्य गरेर काम गर्ने, बिपत ब्यवस्थापनलाई केन्द्र बिन्दुमा राखेर काम गर्ने हाम्रो योजना रहेको छ ।

७. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– मानबिय कार्य गरेरहेको सस्थाको गतिबिधी हरुलाई बाहिर ल्याउन सहयोग गरेको मा असल शासन मिडियालाई धन्यबाद । सहयोग र सहकार्य रहिरहोस ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech