थपिदै बास नेपालमा नयाँ उपशाखा

रबिन्द्र बोहरा

बास नेपालको छायाँनाथ रारा नगरपालिका मुगुमा नयाँ उपशाखा गठन गरिएको छ । देश भरका ७७ जिल्लामा शाखा रहेको राष्ट्रिय संस्था बास नेपालको छायाँनाथ रारामा गठन भएको नयाँ उपशाखा सहित ३८ वटा उपशाखा पुगेका छन् ।
बास नेपालका समाजिक परिचालक भिमराज मल्लाको संयोजनमा असोज २ गते भएको भेलाबाट गठन भएको उपशाखाको अध्यक्षमा हिन्दु बोहरा, उपाध्यक्षमा बाल कुमारी मल्ल, सचीवमा आदेश वि.क., कोषाध्यक्षमा लक्ष्मी देवी कामी, सदस्यहरुमा रुपकर्ण थापा, मान बहादुर मल्ल, पदम बोहरा, धन बहादुर खड्का, पुष्तिका बोहरा, मन राज मल्ल र राजु रावत चहन भएका छन् ।

देशभरका जिल्लाहरुमा शाखा, पालिकाहरुमा उपशाखा र वडाहरुमा इकाई समिति रहने व्यवस्था रहेको बास नेपालको देश भरमा ५००० भन्दा बढि साधारण सदस्य रहेका छन् ।
बास नेपालले भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा आवाज उठाउँदै आएको छ ।

  • २ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech