बुढेसकालमा लगनगाँठो, ८४ बर्षमा दोश्रो बिहे

असल शासन प्रतिनिधि

काठमाडौं/ पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।

जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन् ।

पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको वाध्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ ।

  • ३ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech