शिखरमा बाल विवाह र खोप सम्बन्धी अभिमुखिकरण तालिम

असल शासन प्रतिनिधि

डोटी/डोटीको शिखर नगरपालिकामा बाल क्लब र किशोर किशोरी क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको छ । बाल विवाह र खोप सम्बन्धि क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो । असोज ३ गते बुधबार नगरपालिकाको सभा हलमा युनिसेफ नेपालको सहयोग, शिखर नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो ।


अभिमुखिकरणको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बालवालिका, किशोर किशोरी र युवाहरु समाज परिवर्तनका सम्बाहक भएकाले पालिकाको सबै स्थानमा उनीहरुको सहभागिता सुनिश्चित गर्ने बताए । पालिकाको समग्र सामजिक विकासका लागि नगरपालिकाले बालवालिका र युवाहरुको अग्रसरता र सहकार्य चाहेको बताए । गैर सरकारी संस्थाहरुले स्थानीय सरकार र विभिन्न क्लबहरुलाई सँगसँगै अगाडी बढ्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नगर उप प्रमुख सुनिता रावल जोराको भनाई थियो । युनिसेफ र बास नेपालद्धारा सञ्चालीत कार्यक्रमले बाल विवाह न्यूनीकरण र पूर्ण खोप सुनिश्चित गर्न महत्वपूर्ण सहयोग र सहकार्य गरेको उनको भनाई थियो ।


अभिमुखिकरण तालिम पश्चात बोल्दै तालिमका सहभागी नगर स्तरीय बाल क्लबकी सदस्य संगीता खातीले समुदायमा बिद्यमान परम्परागत हानिकारक अभ्यासहरु हटाउन क्लब मार्फत अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिन् । अभिमुखिकरण तालिमले शिखर नगरपालिकामा बाल विवाह न्यूनीकरण र पूर्ण खोप सुनिश्चित गर्ने बिषयमा प्रष्ट जानकारी हासिल भएको बताईन् । अभिमुखिरकण तालिममा शिखर नगरपालिका बाल क्लब र किशोर किशोरी क्लबका २० जना पदाधिकारीहरुको सहभागीता रहेको थियोे ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech