पालिकाको अधुरो भवन उद्घाटन

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको खजुरा गाउँपालिकाको भवनको बुधबार उद्घाटन भएको छ ।

पालिकाका अध्यक्ष डम्बरबहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्लले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विकले खजुरावासीलाई पाएक पर्ने स्थानमा प्रशासकिय भवन निर्माण भएको बताए । उपाध्यक्ष मञ्जु मल्लले सबै खजुरावासीका लागि भवनको उद्घाटन हुनु सुखद भएको बताइन् । भवन उद्घाटनमा जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

अधुरै भवन उद्घाटन :-

भवन निर्माणको काम अझै ३० प्रतिशत बाँकी रहँदा भवन उद्घाटन भएको छ ।

खजुराको वडा नम्बर ३ बी गाउँमा रहेको प्रशासकिय भवनको काम हालसम्म ७० प्रतिशतमात्रै सम्पन्न भएको पालिकाको भनाई छ । निर्माण कम्पनी एम के. जुगल जे.भी. तीनकुने काठमाडौंले २०७८ जेठ १४ गते २०७९ मंसिर १५ गतेसम्म  सम्पन्न गर्ने गरि सम्झौता भएकोमा सो समयाअवधिमा काम सम्पन्न नभएपछि २०८० असार मसान्तसम्म म्याद थप गरिएको थियो । सो समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा भवन अधुरै छ, अधुरै भवन पालिकाले विशेष कारण बस उद्घाटन भएको जनाएको छ ।

निर्माण कम्पनीले उक्त ठेक्का ५ करोड ३६ लाख ४ हजार ७ सय १५ रुपैयाँमा करसहित लिएको थियो । जसमध्ये हालसम्म ५० प्रतिशत रकम पालिकाले निर्माण कम्पनीलाई भुक्तानि गरिसकेको छ ।

श्री शान्ति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको जग्गामा सो भवन बनाईएको छ ।

 

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech