बाल सुधार गृहमा झडप, एकको मृत्यु

पटक-पटक झडप, अराजकहरुको राज

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा रहेका कैदीबन्दी बीच भएको झडपमा १८ बर्षिय सुलभ के.सि. को मृत्यु भएको हो ।

गए राति कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएको बाँके प्रहरीको भनाई छ ।

पटक-पटक झडप हुँदै आएको उक्त सुधार गृहमा गय राती भएको दुई पक्षिय झडपले बालगृह तनावपूर्ण बनेको थियो।

जानकारी अनुसार गम्भीर घाइते भएकाहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ।

कैदीबन्दीहरुले बाल सुधार गृहलाई तोडफोड गरि क्षतिग्रस्त बनाएका छन् ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech