२० बर्षीया युवतिको शव भेटीयो

असल शासन प्रतिनिधि

नेपालगन्ज / हत्या गरेर फालिएको अवस्थामा बाँकेमा एक युवतीको शव फेला परेको छ ।
जानकी गाउँपालिका वडा नम्बर ४ जानकी नगरस्थित कच्ची सडक छेउको नालीमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत युवती खजुरा गाउँपालिका वडा नम्बर ७ की २० वर्षीया माया कुम्हार रहेको बताएकोछ । केही दिनदेखि युवती श्रीमान सहित हराइरहेको सूचना आएको थियो शव शंकास्पद अवस्थामा भेटिएपछि युवतीको मृत्यु शंकास्पद रहेको प्रहरीको भनाई छ । उनी सँगै हराइरहेका श्रीमान अझै सम्पर्कमा नआएको बुझिएको छ । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech