बिन्दु कुवँरको स्मृतीमा अक्षय कोष स्थापना

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ पूर्ब महिला बिकास निरिक्षक स्वर्गिय बिन्दु कुवँरको स्मृतीमा अक्षय कोष स्थापना गरिएको छ ।

बास नेपालको पहलमा कोष स्थापना गरिएको हो ।

क्यान्सर रोगबाट पीडित भई कुवँरको निधन भएको थियो । मानव बेचबिखन, महिला हिंसा बिरुद्ध सशक्त रुपमा क्रियाशिल कुवँरको स्मृतीमा स्थापित कोष व्यवस्थापनका लागि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हाल सम्म अक्षय कोषमा एक लाख पाँच हजार एक सय संकलन भईसकेको छ । अक्षय कोषको व्यवस्थापन बारे  सम्पन्न बैठकले एक महिना भित्र थप एक लाख रकम संकलन गरि मुद्धति खातामा रकम जम्मा गर्ने, कोषको बिनियमावली बनाउने निर्णय गरेको छ ।

बैठकले अक्षय कोषबाट प्राप्त हुने व्याजबाट भाद्रमा मनाईने मानव बेचबिखन बिरुद्धको दिवसमा मानव बेचबिखन, लैंगिक हिंसा बिरुद्ध काम गर्ने संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्ने, वहाँको तिथीमा बिभिन्न व्यक्ति वा संस्थाहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ, बास नेपालका कार्यबाहक अध्यक्ष शिव कुमार बर्मा, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला, साना हातहरुकी संयोजक अम्बिका पुन, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

सोही बैठकमा बैठकमा लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले अक्षय कोषका लागि १० हजार रकम सहयोग प्रदान गरेकि थिईन् ।
क्यान्सर रोगबाट पीडित भई उपचारमा रहँदा वहाँको उपचारमा सहयोग गर्नका लागि नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरि आर्थिक संकलन गरेर आर्थिक सहयोग गरिएको थियो ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech