अँध्यारो बस्तीकी नायिका सम्मानित

असल शासन प्रतिनिधि

    नेपालगन्ज /कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह ‘अँध्यारो बस्तीकी नायिका’लाई सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ ।
    वरिष्ठ कथाकार सनत रेग्मी र उनकी र श्रीमतिको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले यस वर्ष अँध्यारो बस्तीकी नायिका’लाई प्रदान गरिएको हो । मध्यपश्चिम स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रदाद घिमिरेले कथाकार शाहलाई सम्मान हस्तान्तरण गरेका थिए ।

    नगर १० हजार १ सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा कथा लेखनमा राम्रो सम्भावना भएकाे बताउदै निरन्तर साधनामा लाग्न आग्रह गरेका थिए ।

    सम्मानित पुस्तकमाथि आफ्नो समीक्षकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेका र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राखेका थिए ।
    उनले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने धारणा राखे ।

    वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फाउण्डेसनमा रहेको कोषबाट हरेक वर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताए ।
    उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए ।

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोलेका थिए ।

  • ७ आश्विन २०८०, आईतवार प्रकाशित

Nabintech