गुठिचौरमा स्वास्थ्यकर्मीलाई तालिम

रबिन्द्र बोहरा

जुम्ला/गुठिचौर गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुलाई सामाजिक व्यवहार परिवर्तन संचार विषयक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने तालिमको शुक्रबार उद्घाटन भएको छ । बास नेपालको आयोजनामा युनिसेफ नेपालको सहयोगमा संचालित सामाजिक व्यवहार परिर्वतन परियोजना अन्तर्गत गुठिचौर गाउँपालिकाको सहकार्यमा उक्त तालिम सुरु भएको हो ।

२० स्वास्थ्यकर्मीहरुको लागि अयोजित तालिमको उद्घाटन सत्रमा गुठीचौर गाउँपालिका अध्यक्ष धन बहादुर बुढा, नि.प्रमुख प्रशासकीय अधिकृत शिवराज देवकोटा, स्वास्थ्य शाखा प्रमुख बलराम नेपालीको उपस्थिती रहेको थियो ।
उद्घाट सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले सामाजिक व्यवहार परिवर्तनमा विश्वका धेरै मानिसहरुले आफुमा परिवर्तन गरि समाज परिवर्तनमा योगदान दिएको उदाहरण प्रस्तुत गर्दै स्वस्थ्यकर्मीले समेत आफुमा असल बानीको विकास गरी समाजलाई समेत असल बाटोमा लैजानु पर्नेमा जोड दिए ।
गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत शिवराज देवकोटा र स्वास्थ्य शाखा प्रमुख बलराम नेपालीले तालिमको उद्घाटन सत्रमा शुभकामना मनतव्य राखेका थिए । बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले स्वागत तथा तालिमको उद्धेश्य बारे जानकारी गराएको थिए भने उद्घाटन सत्रको संचालन बास नेपालका सामाजि परिचालक अनिता बुढाले गरेकी थिइन् ।
पहिलो दिनको तालिमको प्रशिक्षण प्रशिक्षक बलराम नेपाली र बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए । तालिम असोज १४ गते सम्म संचालन हुनेछ ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech