बिभिन्न निर्णयहरु गर्दै बास नेपालको ४५ औं पूर्णकालिन बैठक सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालको ४५ औं पूर्णकालिन बैठक सम्पन्न भएको छ ।

बिभिन्न निर्णयहरु गर्दै पूर्णकालिन बैठक सम्पन्न भएको हो ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको २३ औं बार्षिकोत्सव २०८० मंसिर २३ गते सप्ताहव्यापी कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । बार्षिकोत्सव सभ्यताका साथ सम्पन्न गर्नका लागि उपाध्यक्ष शिव कुमार बर्माको संयोजकत्वमा मन भण्डारी, दिला शाह, रमेश सिटौला र धिरेन्द्र शाही सदस्य रहेको तयारी समिति गठन गरिएको छ ।

बैठकमा उपाध्यक्ष शिब कुमार बर्माले पेश गरेको चार महिनाको सांगठनिक प्रतिबेदन, कार्यकारी निर्देशक नमस्कार शाहले पेश गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष कल्पना अधिकारीले पेश गरेको आर्थिक प्रतिबेदन पारित गरिएको छ ।

बैठकले रिक्त बास नेपालको गण्डकी प्रदेश संयोजक पदमा बास नेपाल चितवन शाखाका अध्यक्ष मणिराज अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको छ । बैठकले यस बर्ष देखि बार्षिक रुपमा स्वयंसेवकको रुपमा उत्कृष्ठ कार्य गर्ने एक जना स्वयंसेवकलाई राष्ट्रिय स्वयंसेवक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संस्थाले सामाजिक सद्भाव र सुशासनका बिषयमा देशैरभ धार्मिक अगुवा, नागरिक समाजका अगुवाहरुसँग अन्र्तक्रिया गर्ने निर्णय गरेको छ भने चार महिनाको साझा कार्यक्रम तय गरेको छ । जस अनुसार असोज महिनामा दशैंको शुभकामना आदान, प्रदान कार्यक्रम, कार्तिकमा बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ आर्थिक संकलन अभियान, मंसिरमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस, बासको २३ औं बार्षिकोत्सवको अवसरमा बिबिध कार्यक्रम र पौषमा स्लो बाईक प्रतियोगिता रहेका छन् । यि कार्यक्रमहरु बासका शाखाहरु मार्फत देशैभर गरिने भएको छ ।

बैठकले ४६ औं पूर्णकालिन बैठक कर्णाली प्रदेशको सुर्खेतमा २०८० माघ १२ र १३ गते गर्ने निर्णय गरेको छ । महासचिव खुमेश सुवेदी, सचिव दिला शाहले सञ्चालन गरेको बैठकमा स्वागत उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए भने धन्यवाद ज्ञापन निबर्तमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । बैठकको समापन केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् ।

  • १५ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech