नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

केही दिन यता नेपालगञ्जमा बढिरहेको धार्मिक तनावले उग्ररुप लिन थालेपछि कर्फ्यु आदेश जारी गरेको हो ।

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्म बिरुद्ध लेखेको स्टाटसका बिषयलाई लिएर असोज १४ गते मुस्लिम समुदायले गरेको बिरोध र्यालीका कारण उत्पन्न परिस्थिती एबं असोज १६ गते मंगलवार ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा बिबाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका बिरोध प्रर्दशनका कारण सर्बसाधारणको सुरक्षाम पर्न सक्ने सम्भावित जोखिम एबं शान्ति भंग हुन जाने स्थिती देखिएपछि कर्फ्युआदेश जारी गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यद्वारा जारी आदेशमा असोज १६ गते मंगलवार दिउसो १.०० बजे देखि आनिश्चत कालसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका सिमा क्षेत्र पूर्बमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

आदेशको उलंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरि कानुन बमोजिम कार्वाही गरिने आदेशमा उल्लेख गरिएको छ ।

 

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech