महाकाली नगरपालिकामा अभिमुखिकरण

असल शासन प्रतिनिधि

दार्चुला⁄समुदायमा अग्रपंतिमा रहेर काम गरिरहेका स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागितामा एक दिने अन्तर वैयक्तिक सञ्चार बिषयक अभिमुखिकरण दार्चुलाको महाकाली नगरपालिकामा सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग, महाकालि नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त अभिमुखिकरण बुधबार सम्पन्न भएको हो ।
सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत भएको अभिमुखिकरणको उद्घाटन सत्रमा बोल्दै महाकाली नगरपालिकाका कार्यवाहक नगर प्रमुख जगत बहादुर चनाराले सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रमले नगरपालिकाको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडालले बास नेपालले सञ्चालन गरेको कार्यक्रम पालिकाको समग्र सुधारका लागि महत्वपूर्ण रहेको भन्दै नगरपालिकाबाट हुने सहकार्यका लागि तयार रहेको बताए ।

यसैगरी कार्यक्रमका अतिथि नागरिक समाजका अगुवा रघुबिर सिंह ठगुन्नाले बास नेपालले गर्ने कार्यक्रम समुदाय केन्द्रीत हुने भन्दै महाकाली नगरपालिकामा कार्यक्रम सञ्चालन गरेकोमा खुसी लागेको बताए । उनले सञ्चालीत कार्यक्रममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फस्र्वानले पालिकाको स्वास्थ्य सेवाको पहँुच भन्दा बाहिर रहेका व्यक्तिहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग गरिरहेको बासलाई धन्यबाद ज्ञापन गरे । तालिमबाट स्वयम् सेविकाहरुको क्षमता अभिबृद्धी भएको भन्दै सिकेको कुरालाई ब्यवहारमा लागु गर्न उनले सहभागिलाई अनुरोध गरे । समन्वयका लागि सदैब तयार रहने उनको प्रतिबद्धता थियो । यसैगरी तालिममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बास नेपालले दार्चुला जिल्लामा शाखा मार्फत विभिन्न अभियानहरु सञ्चालन गरिरहेको बताउदै कार्यक्रमले पालिकाको खोप सुनिश्चितता र बाल विवाह न्यूनीकरणमा केन्द्रीत रहेर काम गर्ने भन्दै पालिकाले गरेको समन्वयका लागि धन्यबाद व्यक्त गरिन् ।


अभिमुखिकरण पश्चात प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि स्वयम् सेविका सकुन्तला खनालले तालिमले नयाँ कुरा सिक्ने मौका पाएको भन्दै सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबता गरिन् ।
अभिमुखिकरणमा बोल्दै कार्यक्रम प्रबन्धक हेमराज भट्टले सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रमको बारेमा जानकारीसँगै अभिमुखिकरण उद्धेश्य माथि प्रकाश पारेका थिए । महाकाली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी लालजिरा भट्टले सञ्चाल गरेको कार्यक्रममा महाकाली नगरपालिका अन्तरगत २० जना स्वास्थ्य स्वयंसेबिकाहरुको सहभागिता रहेको थियो ।


अभिमुखिकरणको सहजिकरण महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फर्सवान, कार्यक्रम प्रबन्धक हेमराज भट्ट, स्वास्थ्य शाखाकी सिनियर अनमी तथा खोप फोकल पर्सन लालजिरा भट्टले गरेका थिए । अभिमुखिकरण महाकाली नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech