खुला मञ्चमा कचहरी प्रर्दशन

असल शासन प्रतिनिधि

दार्चला । बाल विवाह न्यूनीकरण तथा खोप सचेतना सम्बन्धी सचेतना मुलक कचहरी नाटक महाकाली नगरपालिकाको खुला मञ्चमा प्रर्दशन गरिएको छ ।
कचहरी नाटक हेर्न खुल्ला मञ्च पुगेका हजारौं स्थानीयहरुले कलाकारहरुको अभिनय निकै अभिरुचिका साथ हेरेका थिए ।


बाल विवाह कसरी हुन्छ, न्यसबाट पर्ने असर, बाल विवाह न्यूनीकरणका लागि के गर्ने र कानुनी उपचार, खोप लगाउनुको फाईदा र समय लगायतका बिषयमा कलाकारहले कचहरी नाटक प्रश्तुत गरेका थिए । कचहरी नाटक अवलोकन पछि बोल्दै स्थानीय पार्वती सिंहले अहिले सम्म सडक नाटक हेर्दै आएकोमा कचहरी हेर्दा फरक र स्पष्ट सन्देस दिएको अनुभूति भएको प्रतिक्रिया दिईन । उनले खोप, गर्भवती जाँच, बाल विवाह लगायतका बिषयमा नाटकबाट जानकारी हासिल गरेको बताइन् ।


कचहरी नाटक महाकाली नगरपालिकाका कार्यवाहक नगर प्रमुख जगत बहादुर चनारा, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडाल, स्वास्थ्य शाखा प्रमुख जय बहादुर फस्र्वान, नागरिक समाजका अगुवा रघुबिर सिंह ठगुन्ना, विभिन्न शाखाका प्रमुखहरु, स्वयम् सेविका, लगायत करिब एक हजारले अवलोकन गरेका थिए ।
युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत उक्त कचहरी नाटक प्रर्दशन गरीएको हो । नाटकमा लोक बहादुर घर्ती, समिर जागरी, सोभान डडाल, निर्मला बडाल, सन्दीप सिंह, पुजा धामी, मन्जु धामी, अमिता लोहार, शेर सिंह ठगुन्ना, माधव कुमार कार्की लगायतले कलाकारको भूमिका निर्वाह गरेका थिए ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech