नेपालगन्जमा लगाईएको कर्फ्यु आंशिक रुपमा हट्यो

निषेधाज्ञा कायम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु दिउँसोको लागि हटाइएको छ ।

जिल्ला सुरक्षा समितीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । प्रशासनका अनुसार, आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

दिउँसो कर्फ्यु हटाए पनि निषेधाज्ञा भने जारी राखेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको हो ।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech