पुर्णरुपमा हट्याे नेपालगन्जकाे कर्फ्यु

असल शासन प्रतिनिधि

नेपालगञ्जमा लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटाएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । त्यसपछि रातीमा कर्फ्यू र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउदै लगेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले  आज बिहान ४ बजे  देखि पूर्णरुपमा कर्फ्यू र निषेधाज्ञा हटाईएको जानकारी दिए । सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो । हिन्दु समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा पहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले  जानकारी दिए ।
 

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech