बाँकेका प्रजिअ आचार्यको सरुवा

बाँकेमा ईलामका प्रजिअ पोख्रेल आउँदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य सहित पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सीडीओकाे जिम्मेवारी दिइएको छ ।

यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् ।

  • २५ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech