दुल्लु र चौकुनेमा कचहरी नाटक

असल शासन प्रतिनिधि

सुर्खेत / बाल विवाह न्यूनीकरण तथा खोप सचेतना सम्बन्धी जनचेतना मुलक कचहरी नाटक दैलेखको दुल्लु नगरपालिकामा प्रर्दशन गरिएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा उक्त कचहरी नाटक प्रर्दशन गरिएको हो । दुल्लु नगरपालिका दैलेखको वडा नं ७ कृतिखम्ब र वडा नं ८ चगत्रामा कचहरी नाटक प्रर्दशन गरिएको हो ।


कचहरी नाटक उमेर नपुगी वाल विवाह गर्दा आउने समस्या र असर, गर्भवती महिलाकालागि नियमित खोप, आईरन चक्की र पोषणयुक्त खानेकुराहरुको महत्व, खोप नलगाउदा हुने समस्या लगायतका बिषयमा कचहरी केन्द्रीत थियो । कलाकारहरुले उठाएका बिषयमा कचहरी हेर्न आएका सहभागिहरुले समाधान दिएका थिए ।
दैलेखमा भएको कचहरीमा लोक बहादुर घर्ती, अशोक रावल, सिर्जना शाही, कंगना शाही, नारायण रिजाल, हिक्मत बुढा, सोनु सिंह, कमला कुमारी रावत, प्रकाश आचार्य, जेसिना थापा र स्वस्तिका महतले अभिनय गरेका थिए ।
यसैगरी असोज २६ गते सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न दुई स्थानमा कचहरी नाटक प्रर्दशन गरिएको थियो । चौकुनेको गुटु बजार स्थित पिपल चौतारा र चौकुने गाँउपालिका अगाडीको प्रांगणमा कचहरी प्रर्दशन गरिएको थियो । कचहरीमा लोक बहादुर घर्ती, अशोक रावल, सिर्जना शाही, कंगना शाही, भावना नेपाली, सपना नेपाली, नरेश परियार, स्वस्तिमा नेपाली, कल्पना नेपालीले अभिनय गरेका थिए ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech