दिदि बहिनी समाजको दोश्रो साधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज बांकेको दोश्रो साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको छ । २००८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाले आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी सल्लाहकार समाजसेवी किरण आचार्य, बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला लगायतले मन्तव्य व्यक्त गरेका थिए। संस्थाकि सचिव लुना बुढाथोकीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला वली क्षेत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन साधारणसभाले अनुमोदन गरेको थियो । सदस्य शिवा शाहले स्वागत गरेको कार्यक्रममा संस्थाका पदाधिकारी सदस्य साधारण सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम समापन गर्दै संस्थाकि अध्यक्ष शाहले महिला हक अधिकारका पक्षमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताईन् । संस्थाले महिला अधिकारका लागि वकालत गर्ने, महिला माथि हुने सबै प्रकारका हिंसा र विभेद विरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको क्षमता उद्यमशिलता, नेतृत्व, सिप विकास विकास सम्बन्धि विभिन्न तालिमहरू सिलाई कटाई सिलाई बुनाई कुशन, फेबिक पेन्टिंग, कढाई व्युटिपार्लर, उदघोषण, नेतृत्व विकास आदि संचालन गर्ने, हिंसा पीडित महिलाहरुको सहयोगार्थ अक्षय कोष स्थापना गरि हिंसा पीडित महिलाहरुका लागि आर्थिक सहयोग गर्ने, जेष्ठ नागरिकहरुका लागि दिवा सेवा सञ्चालन गर्ने विभिन्न चौतारी, पाटी पौवा बनाउने, मानविय सेवासँग सम्बन्धित कार्य गर्ने, सामाजिक सेवाका विविध कार्य गर्ने, असल कार्य गर्ने महिलाहरुलाई सम्मान गर्ने, हिंसा पीडित महिलाहरुको न्याय प्रदान गर्न सहयोग गर्ने र हिंसा पीडित महिलालाई मनोविमर्श सेवा प्रदान गर्ने नयाँ कार्ययोजना साधारणसभाबाट अनुमोदन गरिएको छ।
संस्था स्थापना काल देखि हाल सम्म अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम, होली मिलन कार्यक्रम, निल सागर वृद्धाश्रमलाई कैलाश भवन निर्माणको लागि २१ हजार सहयोग, डुडुवा गाउँपालिका डलैपुर निवासी अल्सर रोगबाट पीडित कमला बराललाई उपचारका लागि सहयोग, मुवा देवा शाहको सम्मानार्थ गितकार दिला शाहको गिती एल्बम स्पन्दन विमोचन कार्यक्रम, मैत्रीपूर्ण बनभोज कार्यक्रम, सदस्य अम्बिका काफ्लेलाई स्वागत सम्मान कार्यक्रमका साथै २०८० सालको भित्ते पात्रो प्रकाशन समेत गरेको छ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech