विधुत लाईनमा बुस कटिङ

असल शासन प्रतिनिधि

नेपालगन्ज /नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विधुकाे तारमा भएका रुखका हाँगा काट्न सुरु गरेकाे छ । विद्युत आपूर्तिमा सहजता प्रवर्द्धन गर्न पहिलो चरणमा विद्युत प्रशारण लाइनसँग सटेका र छेउछाउपर्ने हरियो रुखका हाँगा काटछाटको कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको छ।
आफ्नो माथिल्लो निकायको निर्देशनपछि नेपालगन्ज वितरण केन्द्रले  ११ केभी र ४४० भोल्टको प्रशारण लाइन सँग जुधेका र छेउछाउ पर्ने रुख बिरुवाका हाँगा र आवश्यक बुस कटिङलाइ अभियानकै रुपमा अगाडि बढाएको नेपाल विधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रशासन प्रमुख भवानी चन्दले बताए । ग्राहकहरुमा पुर्व सूचना जनाउदै मातहतका विभिन्न नो लाइटहरु मार्फत एकसाथ यो कार्यलाई अगाडि बढाइएको चन्दले बताए ।
बुस कटिङले वर्षातपछि हुर्केका हाँगा तथा रुख, प्रशारण लाइनमा सटेर सामान्य अवस्थामा पनि पटकपटक विद्युत अवरुद्ध हुने समस्यामा कमी ल्याउने प्रयासमा बल पुग्ने उन्काे भनाइ छ ।
योसंगै आउदै गरेको चाडपर्वमा बढ्ने विद्युत खपतलाई पनि मध्यनजर गर्दै नेपालगन्ज वितरण केन्द्रले आफ्ना विद्यमान विद्युतीय लाइन तथा संरचनामा सूक्ष्म ढंगले आवश्यक सुधार , मर्मत एवम् निरिक्षण कार्यलाई योजनावद्ध रुपले थालेको जनाइएकाे छ।
बुस कटिङको यो अभियानमा स्थानीय स्तरबाट पनि साथ सहयोग प्राप्त भइरहेको विधुत प्राधिकरणले बताएको छ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech