नेपालको देउडा झल्काउने चीनको स्थानीय संस्कृति

पार्कमा रमाउँछन जेष्ठ नागरिक

नमस्कार शाह

कुनमिङ्, चीन/ बिकसित राष्ट्र चीनको दक्षिणी प्रान्त युन्नानको कुनमिङ सहरमा रहेको पाङ्लोङ्ग नदी र छेउमै रहेको पार्क हरेक साँझ बिशेष रहन्छ ।

काठमाडौंको बामगती नदिको झल्को दिने पाङलोङ नदि र छेउछाउका पार्क हरेक साँझ मनमोहक हुन्छन् ।

सहरको बिचबाट स्पर्ष गर्दै निरन्तर बग्ने उक्त नदिको छेउछाउमा सम्साँझ मान्छेहरु जम्मा हुन थाल्छन् ।

कोही राती चल्ने बोटिङ बसमा चढ्छन् त कोही नदि वरपर विभिन्न रङ्गका बत्तिसङ्गै दुलही जस्तै सजिने नदिको मनमोहक दृश्यपान गर्दछन् भने कोही नदिको पानीलाई मोटरबाट लिफ्टिङ्ग गरेर पुल माथिबाट निरन्तर झर्ने फोहरा र त्यसकै पृष्ठभुमिमा बल्ने सप्तरङ्गी बत्तिको मनमोहकतामा हराउँछन् ।

यसका अलबा स्थानीयहरु नदीको बीचमा रहेको खुला पार्कमा परम्परागत नाच नाच्छन् ।

सम्साझै जम्मा हुने उनीहरु आ-आफ्नो समूहमा स्थानीय संस्कृती झल्किने नाचहरुमा मस्त हुन्छन् । अवेर राती सम्म नाच्नु, रमाउनु उनीहरुको दिनचर्या हो ।

नेपालको सुदुरपश्चिम् र कर्णाली प्रदेसमा गाईने, खेलिने देउडा खेल (गित) जस्तै गोलाकारमा २ स्टेप दायाँ तिर सार्दै १ स्टेप खुट्टा अगाडी गरेर खेल्दै नाचिने स्थानीय परम्परागत नाचमा प्रायः जेष्ठ नागरिकहरु मस्त हुन्छन् । यसबाट मनोरन्जन, व्यायाम मात्र भएको छैन, पर्यटन र स्थानीय संस्कृति प्रबर्द्धन समेत भएको छ भने जेष्ठ नागरिकहरुको आत्मसम्मान अभिबृद्दी हुनुका साथै आत्मसन्तुष्टि समेत बढेको छ ।

जेष्ठ नागरिकहरूका लागि खेल्ने, अनुभब आदानप्रदान गर्ने थलोको माग नेपालमा भइरहेको बेला यहाँको जस्तो पार्क बनाईदिने हो भने नेपालका धेरै जेष्ठ नागरिकहरुलाई न्याय हुने निश्चित छ ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech