बाघले खायो ७ बाख्रा

असल शासन प्रतिनिधि

नेपालगञ्ज /बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा  खाेरबाटै ७ वटा खसी र बाख्रा बाघले मारेको छ । दुइ वटा घरको खोरैमा पसेर शुक्रबार राती मारेर फालेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन ।

काेहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष डम्बर बहादुर खड्काले नैन्य राना र शसिराम वलीका गरप ७ वटा बाख्रा  मारेको र ७ वटा घाइते बनाएको बताए । मारेका बाख्राकाे बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेकाे खड्काले बताए ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech