वीरेन्द्रनगरको बेलघारी र सरस्वती टोलमा कचहरी नाटक

असल शासन प्रतिनिधि

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बेलघारि स्थित मुस्लिम समुदायमा बाल विवाह न्यूनीकरण र खोप सचेतना सम्बन्धी सचेतनामुलक कचहरी नाटक प्रर्दशन गरिएको छ ।
युनिसेफ नेपालको सहयोग, वीरेन्द्रनगर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त सचेतना मुलक नाटक प्रर्दशन गरिएको हो । वडा नम्बर १० स्थित बेलघारि टोलमा बाल विवाह र खोप सचेतना आवश्यक रहेकोमा पहिलो पटक कचहरी नाटकले समुदायमा सचेतना जगाएको वडा नम्बर १० का स्वयम् सेविका खैरुन निशाले बताईन् । उनले यस्ता सचतेनामुलक कार्यक्रम नियमित भएमा समुदायमा सचेतना फैलने विश्वास ब्यक्त गरिन् ।


यसैगरी बेलघारी टोल विकास संस्थाका अध्यक्ष जमाल बक्सले सचेतना आवश्यक भएको स्थान छनौट गरी कचहरी प्रर्दशन गर्नु भएकोमा युनिसेफ नेपाल, वीरेन्द्रनगर नगरपालिका र बास नेपाललाई धन्यबाद ज्ञापन गरे । उनले यस्ता कार्यक्रम नियमित रुपमा समुदायमा ल्याउन समेत सरोकारवालालाई अनुरोध गरेका छन् ।


यसैगरी आज नै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ को सरस्वती टोलमा कचहरी प्रर्दशन गरिएको छ । नगरबासिहरुलाई बाल विवाह न्यूनीकरण र खोप सचेतनाका लागि कचहरी नाटकको आयोजना गरिएको बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले जनाए । उनले कचहरी अवलोकन गर्ने सबैलाई कचहरी मार्फत दिईएको सन्देस लिएर जान सबैलाई अफिल गरेका थिए । कचहरी नाटकमा सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम प्रबन्धक हेमराज भट्टको उपस्थिती रहेको थियो ।
कचहरी नाटकमा रबिन्द्र बोहरा, लोक बहादुर घर्ती, अशोक रावल, सिर्जना शाही, ललीता बिश्वकर्मा, कंगना शाही, भावना बिक र पुष्पा न्यौपानेले अभिनय गरेका थिए ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech