सिराहाको गोलबजारमा बासको उपशाखा

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बास नेपालले संघिय संरचना मार्फत देशका बिभिन्न जिल्लाामा शाखा उपशाखा बिस्तार गर्ने क्रममा आईतबार सिराहा जिल्लाको गोलबजार नगरपालिकामा पालिका स्तरिय उपशाखा गठन भएको छ ।

सिराहा जिल्ला स्थित सुचनाका अभियन्ता तथा बास सिराहाका सल्लाहकार पर्शुराम साह,जिल्ला शाखा अध्यक्ष गोबिन्द राज बिष्ट लगायत शाखा कार्यसमिति पदाधिकारीहरुको समुपस्थितिमा गोल बजारमा उपशाखा गठन गरिएको हो ।

११ सदस्यीय उपशाखा गठन भेला बाट राम चन्द्र साहलाई उपशाखाको अध्यक्षमा चयन गरिएको छ । भेलाले उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमश देव कुमार तामाङ,कृष्ण कुमार ठाकुर र हरि नारायाण यादव लाई चयन भएका छन् ।

त्यसैगरी उपशाखाका सदस्यहरुमा क्रमश रेश कुमार लामा,बिरेन्द्र कुमार यादव,कामेश्वर नायक,गंगा प्रशाद साह,संजय यादव,प्रदिप सिंह र शिवराम ठाकुर रहेका छन् ।

गठन प्रक्रिया पश्चात उपशाखाका अध्यक्ष राम चन्द्र साहले स्थानिय स्तरमा हुने गरेका बिकृति बिसंगतीका बिरुद्ध आफु लगायत शाखाका समपुर्ण पदाधिकारीहरु एकजुट भएर लाग्ने कुरा बताए ।

  • २९ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech