स्कुल बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु २५ घाइते

असल शासन प्रतिनिधि

नेपालगन्ज /बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस  खजुराकाे सिमलघारी नजिक दर्घटना भएको हो ।

स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाम परि २५ जना विद्यार्थी घाइते भएका छन् ।

  • २९ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech