युनान एथनिक गाउँ युनानको प्रख्यात पर्यटकीय क्षेत्र

नमस्कार शाह, कुनमिङ चीन

युनान एथनिक गाउँ युनानको प्रख्यात पर्यटकीय क्षेत्र हो । यो जातीय गाउँ र मनमोहक पार्क हो । जसमा युनान प्रान्त चीनका २६ जातीय समूहहरूको विभिन्न लोकगीत, संस्कृति र वास्तुकला हेर्न पाईन्छ ।

युन्नानको जातीय, सांस्कृतिक विविधता, र सम्पदाको प्रबर्द्न गर्ने उद्देश्यले सो गाउँको आधुनिकरण गरिएको हो । कुनमिङको दक्षिणपश्चिमी उपनगर डियान्ची तालको छेउमा अवस्थित युन्नान एथनिक गाउँले ३१हेक्टेयर पानी सहित ८९ हेक्टर क्षेत्र ओगटेको छ। यस गाउँलाई चीन सरकारले ए बर्गको पर्यटकीय क्षेत्रको रूपमा वर्गीकृत गरेको छ।

यस गाउँमा दाइ, पिनियाँ, दैजु, बैजु, यिजु, नछिजु, वाजु, बुलन्जु, जिनुजु, लहु, जेङ्ग्जु, जेङ्ग्पजु, हैन्जु, दि याङ्ग, जु याङ्ग, मैयोजु, सुईजु, नु, मङ्गोल, बुई, दुलोङ्ग, लिसु, पुमि, मन्छु, हुई, यउ, अचाङ्ग जातीका संस्कृति झल्किने संस्कृती हेर्न पाईन्छ । यस गाउँमा दाई अल्पसंख्यकहरूको पानी(छिटो महोत्सव हरेक बर्षको अप्रिल १३ देखि १६ सम्म हुन्छ भने अल्पसंख्यकहरूको मसाल महोत्सव जून २४ मा हुने गर्दछ । त्यस्तै जिनुओ अल्पसंख्यकको नयाँ धान महोत्सव जुलाईको अन्त्यदेखि अगस्तको सुरुसम्म हुने गर्दछ ।

त्यसैगती यि जातीको शिकार महोत्सव लाइसेन फेस्टिवल चिनियाँ चन्द्र पात्रो अनुसार फेब्रुअरी१ देखि फेब्रुअरी ३ सम्म हुन्छ भने बाईको सान्युजी चाड मार्च १५ मा हुन्छ ।
यीको मिझी पर्व नोभेम्बरमा पर्दछ जुन पर्वमा महिलाहरूलाई उपस्थित हुन अनुमति छैन । हरेक दिन बिहान ८।३० देखि बेलुकी ८।०० बजे सम्म खुल्ने उक्त क्षेत्र अवलोकनका लागि प्रती व्यक्ती ९० रुपैयाँ युनान पर्छ । बस, रेल, ट्याक्सीमा जान सकिने उक्त क्षेत्रको प्रत्येक गाउँमा बिहान ९ बजे देखि ५ बजे सम्म नृत्य प्रदर्शन हुन्छ, सामान्यतया नृत्य हलमा वा जातीय एकताको प्लाजामा हुन्छ।

युनान एथनिक गाउँ युनान प्रान्तमा बसोबास गर्ने २६ जातीय समूहहरूको प्रतीक हो । यस गाउँमा युनान प्रान्तमा बसोबास गर्ने २६ अल्पसंख्यक जातीय समूहहरूको वास्तुकला र लोककथाहरुको संरक्षण गर्ने थिम पार्क हो । युनान प्रान्तको कुनमिङ शहरबाट सात किलोमिटर टाढा प्रसिद्ध डियान्ची तालको उत्तरी किनारमा अवस्थित युनान एथनिक गाउँले वेस्ट हिल फरेस्ट पार्क, डगुआन पार्क र डेनची तालको पारिपट्टि रहेको झेन्हे पार्कलाई प्रतिनिधित्व गर्छ ।

युनान एथनिक गाउँले पर्यटकहरुलाई विविध वास्तुकला, रंगीन भेषभूसा र चाखलाग्दा उत्सवहरूले चकित पार्ने गर्दछ । अद्वितीय भवनहरू, हरियाली, बुद्दका मुर्तीहरु, लामाका गुम्बाहरु बाहेक युनान एथनिक गाउँमा पानीको पर्दामा चलचित्ररू देखाईन्छ । गाउँमा बिभिन्न गीत, नृत्य र एसियन एलिफेन्ट शो पनि गरिन्छ । गाउँमा विभिन्न पार्क र बजारको व्यवस्थापन गरिएको छ । पर्यटकहरुले त्यहाँ स्थानीय खानाको आनन्द लिन र हस्तशिल्पहरू खरीद गर्न सक्छन् । पर्यटकहरूलाई स्थानीय चलन बुझाउन टुर गाइडहरू ब्रगेल्ती भेटिन्छन् ।

गाउँ भित्र स्वर्ण मन्दिर रहेको छ । उक्त मन्दिर मिङ राजवंशको पालामा बनेको थियो । १६७१ ई. को १० औं वर्षमा वु साङ्गुईले तामा र जस्ताको मिश्रणबाट उक्त मन्दिर बनाएका थिए । त्यसैले यसलाई ूस्वर्ण मन्दिरू भनिएको हो । यो २५० टन तौल र ६.७ मिटर अग्लो छ । यो चीनको सबैभन्दा ठूलो ताम्बे मन्दिर हो। यो एक प्रमुख राष्ट्रिय सांस्कृतिक र ऐतिहासिक अवशेष हो। पूरै मन्दिरले युनानमा ३०० भन्दा बढी वर्ष पहिलेको उत्कृष्ट धातु विज्ञान र कास्टिङ प्रविधिलाई प्रतिबिम्बित गर्दछ।

गाउँमा वेस्टर्न हिल्सले फस्टाएको फूल र घना जङ्गलसहितको उत्कृष्ट वातावरण छ, जसले पर्यटकहरूलाई शान्त र अद्भुत दृश्यहरूको आनन्द लिनको लागि उत्कृष्ट वातावरण प्रदान गर्दछ।
यस पार्कमा हजारौं जनजातीहरुले रोजगार पाएका छन् । यस पार्कमा २० देखि ३० हजार प्रतिदिन पर्यटक अवलोलनका लागि जाने गर्दछ्न् । यस पार्कले नेपालका थारु, मगर लगायतका जनजातिहरुले सन्चालन गरेको होम्स्टेको झल्को दिन्छ ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech