कुनमिङ फुल व्यापारमा प्रसिद्ध

नमस्कार शाह, कुनमिङ चीन

चीनको युन्नान प्रान्तमा रहेको कुनमिङ सहर फुल व्यापारमा प्रसिद्ध छ । कुनमिङको दोनान स्ट्रेट चेनगोङ्ग बजारमा एसियाकै ठूलो अन्तर्राष्ट्रिय फुल बजार रहेको छ । जसलाई अन्तर्राष्ट्रिय फुल नवीन अविस्कार केन्द्रको नाम दिइएको छ ।

स्थानीय फुलका उत्पादनलाई बेचबिखन गर्न युनान सरकारले सो विशाल अविस्कार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रबाट दैनिक करोडौंका फुलहरु बिक्री हुन्छन् । उक्त केन्द्रबाट फुटकर तथा थोकमा फुलहरु बिक्रि हुन्छन् । उक्त केन्द्रबाट बिकासोन्मुख र बिकसित राष्ट्रहरुमा फुल निर्यात हुने गरेको छ । विभिन्न प्रजातीका रङ्गी,बिरङ्गि सयौं प्रकारका ताजा फुलहरुको सजावटले त्यहाँ जाने जो कोही लोभिन्छ । पाँच तले यो बजारको पहिलो तल्लामा फुलहरु छन् भने अन्य तल्लामा विभिन्न ढुङ्गा, काठ, विभिन्न साङ्गितिक सामाग्री, मोतीका सामाग्री र आकृतीहरु पाईन्छ । दैनिक विभिन्न प्रकारका ५० लाख बढी फुलहरु यस बजारबाट बिक्री हुने गरेको बताईन्छ ।

जानकारी अनुसार, दैनिक ६ मिलियन आरएमबी बढिको कारोबार यस बजारमा हुने गरेको छ । यस बजारबाट फुलहरु जहाज, गाडीमा लोड गरेर चीनकै विभिन्न सहर र बिदेशमा समेत लग्ने गरिएकोछ । यस बजारमा हजारौंले रोजगार प्राप्त गरेका छन् । नेपालमा प्रसस्तै फुलहरु उत्पादन भएता पनि सो को बजारिकरण छैन । के नेपाल फुल बजार बनाउन सक्दैन ?

  • १ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech