मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

असल शासन प्रतिनिधि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा ९५० अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत पाएका हुन्।

कार्कीले संसदमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो ।

मुख्यमन्त्री कार्कीलाई कांग्रेसका २९, एमालेका ३९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका छन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेका थिए । कार्की गत शनिबार कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो पाँचौं पटकको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

  • १ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech